नेभिगेशन

सिन्धुलीमा तीन जना चढेको कार सुनकोशीमा खसेर बेपत्ता

काठमाण्डौ - सिन्धुलीको फिक्कल गाउँपालिका- २ नवलपुरमा रहेको मध्यपहाडी राजमार्गबाट एउटा कार सुनकोशी नदीमा खसेको छ । कारमा चालक सहित तीन जना रहेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

प्रहरीका अनुसार काठमाण्डौबाट ओलखढुङ्गातर्फ गुडिरहेको बसले ठक्कर दिएपछि कार नदीमा खसेको हो ।  कारको नम्बर र कारमा रहेकाहरूको पहिचान खुलेको छैन ।

दुर्घटना लगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा घटनास्थलमा खटिए पनि बाढीका कारण उद्धार प्रभावित भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
थप समाज