नेभिगेशन

काठमाण्डौका पाँच ठाउँबाट ग्यास बिक्री हुँदै, नागरिकता या राष्ट्रिय परिचयपत्र चाहिने

काठमाण्डौ — नेपाल आयल निगमले आज शनिबार काठमाण्डौका विभिन्न पाँच ठाउँबाट ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका ठाउँबाट सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएका हुन् ।

टेकुमा रहेको निगमको परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास वितरण हुनेछ । चाबहिलको यातायात कार्यालय परिसरमा नेपाल र एचपी ब्रान्डका ग्यास उपलब्ध हुनेछन् भने कीर्तिपुरको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ब्रान्डका ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ ।

यस्तै वसुन्धराको राधास्वामी परिसरमा नेपाल, एचपी, एभरेष्ट/सुगम, भानु र ओम ब्रान्डका तथा बबरमहलको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।

ग्यास खरिद गर्नको लागि अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लिएर बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म तोकिएका केन्द्रहरूमा पुग्नुपर्ने निगमले जनाएको छ । यो विशेष वितरण व्यवस्था अति आवश्यक परेका व्यक्तिहरूका लागि मात्र गरिएको भन्दै निगमले उपभोक्ताहरूलाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ ।

ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत बजारमा नियमित आपूर्ति गरिरहेको पनि निगमको भनाइ छ । 

lpg-gas-1786751893.jpg
 

प्रकाशित मिति:
थप समाज