नेभिगेशन

भारतकाे स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री शाहकाे शुभकामना

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आउँदा दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ ।

‘नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध, नागरिकबीचको निकट सम्बन्ध र सहकार्य आउँदा वर्षहरूमा अझ बलियो हुँदै जाओस्’, प्रधानमन्त्री शाहले शुभकामना सन्देशमा भन्नुभएको छ ।

प्रकाशित मिति:
थप राजनीति