नेभिगेशन

काठमाण्डौमा एउटा घर भासियो

काठमाण्डौ — काठमाण्डौको बाँसबारीमा हिजो बेलुकी एउटा घर भासिएको छ । काठमाण्डौ महानगरपालिका ३ बाँसबारीमा रहेको साढे २ तले घर भासिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

महानगरका अनुसार वर्षातका कारण हिजो बेलुकी ८ बजेतिर घर भासिएको हो ।  घरमा न्यू गण्डकी गेस्ट हाउस सञ्चालनमा थियो ।

घरमा कोही नरहेकाले मानवीय क्षति भने नभएको महानगरले जनाएको छ । झण्डै तीन हप्ताअघि गोरखाको लक्ष्मीबजारमा पनि पहिरोले तीनतले घर बगाएको थियो । 

प्रकाशित मिति:
थप समाज