नेभिगेशन

भारतमा गहुँ निर्यात प्रतिबन्ध हट्यो

भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको चार वर्ष पुरानो प्रतिबन्ध हटाएको छ ।

विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले जारी गरेको सूचनाअनुसार गहुँको निर्यात नीति तत्काल लागू हुनेगरी ‘प्रतिबन्धित’ बाट ‘स्वतन्त्र’ मा परिवर्तन भएको छ ।

भारतले सन् २०२२ को मेमा घरेलु आपूर्ति र मूल्य नियन्त्रण गर्ने उद्देश्यले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय देशमा गहुँको पर्याप्त मौज्दात रहेको तथा उत्पादनसमेत बढेकाले किसानलाई थप बजार उपलब्ध गराउने उद्देश्यले निर्यात खुला गरिएको सरकारले जनाएको छ ।

आधिकारिक तथ्याङ्कअनुसार भारतले सन् २०२५–२६ को बाली वर्षमा झण्डै १२ करोड ६ लाख ५० हजार टन गहुँ उत्पादन गरेको छ । यो अघिल्लो बाली वर्षको तुलनामा २ दशमलव ३ प्रतिशत बढी हो ।

खाद्य तथा सार्वजनिक वितरण सचिव सञ्जीव चोपडाले गहुँको घरेलु मूल्य अहिले कम रहेकाले निर्यात खुला गर्दा मूल्यमा सुधार आउने र त्यसबाट किसानको आम्दानी बढ्ने बताउनुभयो ।

उहाँका अनुसार यसले आगामी बाली सिजनमा किसानलाई गहुँको खेती बढाउनसमेत प्रोत्साहित गर्नेछ ।

प्रकाशित मिति:
थप विश्व