नेभिगेशन
आइतबार, असोज २५, २०८३

घटस्थापनाको दिन आज सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।

घटस्थापनको दिन आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।

भाउ बढेर सुन आज तोलाको २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अस्ति शुक्रबार पनि सुनको भाउ तोलामा २ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको छ । अस्ति शुक्रबार तोलाको ४ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको ४ हजार ४४० रुपैयाँ पुगेको छ । 

प्रकाशित मिति:
थप समाज