नेभिगेशन
आइतबार, असोज २५, २०८३

पहिराेले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएकाे प्रारम्भिक अनुमान

काठमाण्डाै – बाढी पूर्वानुमान महाशाखाले पहिरोले नदी थुनिएर फुट्दा आज बिहान गाेरखाकाे बूढीगण्डकीमा आकस्मिक बाढी आएको प्रारम्भिक अनुमान गरेकाे छ । महाशाखाले विज्ञप्ति निकालेर बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा ठूलाे बाढी आउने गरी वर्षा नभएको जनाएको छ ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईका अनुसार पछिल्लो २४ घण्टामा ती क्षेत्रमा छिटपुट मात्र वर्षा भएको थियो ।

महाशाखाका अनुसार घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको छ ।

बाढीको प्रारम्भिक जानकारी बिहान ६ बजे प्राप्त हुनासाथ बूढीगण्डकीको तटीय क्षेत्र हुँदै बेनीघाटसम्मका बासिन्दालाई मोबाइल सन्देश (एसएमएस) मार्फत पूर्वसूचना पठाएको महाशाखाले जनाएको छ ।

बाढीको बहाव घट्दै गए पनि जोखिम पूर्णरूपमा नहटेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बूढीगण्डकी नदीको तटीय र तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज बेलुकासम्म नै नदी किनार तथा जोखिमयुक्त बस्तीबाट टाढा सुरक्षित ठाउँमा रहन आग्रह गरेको छ ।

1-1791703509.jpg

प्रकाशित मिति:
थप समाज