नेभिगेशन
सोमबार, असोज २६, २०८३

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संग्रौला

काठमाण्डौ – नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ ।

खुला उपसभापतिमा भण्डारी ३ हजार ७३५ र आचार्य २ हजार ३४२ मतसहित विजयी हुनुभएको हो । यस्तै समावेशी उपसभापतिमा विनोद चौधरी १ हजार ७४५ मतसहित निर्वाचित हुनुभयो ।

महामन्त्रीको खुलातर्फ प्रदीप पौडेल ४ हजार १९४ र उदयशमशेर राणा २ हजार ३३० मतसहित निर्वाचित हुनुभएको छ । महिला महामन्त्रीमा डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

यसअघि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भैसक्नुभएको छ । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभएको थियो ।

सहमहामन्त्रीको मतगणना भैरहेको छ ।

प्रकाशित मिति:
थप राजनीति