नेभिगेशन
सोमबार, असोज २६, २०८३

पहिरोले नदी थुनेर बाँध फुट्दा बुढीगण्डकीमा बाढी आएको इसिमोडको प्रारम्भिक निष्कर्ष

काठमाण्डौ – अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले गोरखाको चुमनुब्री गाउँपालिका– ६, चुमचेतनजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बुढीगण्डकीमा आकस्मिक बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

इसिमोडले सार्वजनिक गरेको विवरण अनुसार हिजो बिहान करिब ४ बजेतिर बाढी शुरु भएको थियो । त्यसले बुढीगण्डकी करिडोर भई लेदो, गेग्य्रान र फोहोर बगाएर तलतिर ल्याएको थियो ।

बुढीगण्डकीमा दुई वर्षअघि पनि बाढी आएको इसिमोडले जनाएको छ । पहिलेको र अहिलेको दुवै घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढी उत्पन्न गर्न सक्ने विभिन्न जोखिमहरू रहेको भन्दै इसिमोडले पर्वतीय जोखिम बढेकोमा चिन्तासमेत व्यक्त गरेको छ ।

प्रकाशित मिति:
थप समाज