नेभिगेशन
सोमबार, असोज २६, २०८३

प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीकाे निर्देशन – ‘दबाव वा प्रभावमा नपर्नू’

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र साहले प्रहरी निरीक्षकहरूलाई दबाव वा प्रभावमा नपरी काम गर्न निर्देशन दिनुभएकाे छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कुनै पनि प्रकारको राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रही कानूनको शासन कायम गर्न निर्देशन दिनुभएको हाे ।

झन्डै १६ महिना लामो तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरूलाई बधाई दिँदै प्रधानमन्त्री साहले पेशागत मर्यादा र नैतिकतामा जोड दिनुभयो । उहाँले बदलिँदो अपराधको प्रकृतिलाई मध्यनजर गर्दै सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी सङ्गठनलाई आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । नागरिकको जीउधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको प्रमुख जिम्मेवारीमा कुनै पनि प्रकारको सम्झौता नगर्न उहाँको आग्रह छ ।

उहाँले भन्नुभयो, ‘यस तालिमबाट प्रहरी निरीक्षकको जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान, सीप र क्षमता हासिल गर्नुभएको छ भन्ने विश्वास लिएको छु । संविधान, प्रचलित कानून र नियमको पालना गर्दै कुनै पनि अनुचित दबाव वा प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य निर्वाह गर्न आग्रह गर्दछु । बदलिँदो अपराधको स्वरूपलाई ध्यानमा राख्दै अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको उचित प्रयोग गर्नु आवश्यक छ ।’

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति