नेभिगेशन
सोमबार, असोज २६, २०८३

भारतले जन्तरमन्तरलाई प्रदर्शन स्थलकाे सूचीबाट हटायाे

भारत सरकारले राजधानी नयाँ दिल्लीमा रहेको प्रसिद्ध जन्तरमन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाएको छ ।

दिल्ली प्रहरीले सुरक्षा र सडक व्यवस्थापनलाई कारण देखाउँदै जन्तरमन्तरमा कुनै पनि किसिमका आन्दोलन, धर्ना र सभा–समारोह गर्न औपचारिक प्रतिबन्ध लगाएको हो ।

दिल्ली प्रहरी आयुक्तले निकाल्नुभएको नयाँ आदेशअनुसार अब प्रदर्शनका लागि जन्तरमन्तरको साटो तीन वटा नयाँ ठाउँ तोकिएका छन् । जसमा रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान रहेका छन् ।

ककरोच जनता पार्टी (सीजेपी) लगायतका विभिन्न दल तथा नागरिक समाजले जन्तरमन्तरमा आयोजना गर्न खोजेको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले व्यापक कडाइ गरेको छ ।

कैयौँ प्रदर्शनकारी र नेताहरूलाई पक्राउ गर्नुका साथै मध्य दिल्ली क्षेत्रका मेट्रो स्टेशन र इन्टरनेट सेवामा समेत अस्थायी कडाइ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति:
थप विश्व