नेभिगेशन
सोमबार, असोज २६, २०८३

बूढीगण्डकी बाढी : उत्तरी गाेरखाका झन्डै ५ हजार घरधुरी विद्युत् सेवाबाट वञ्चित

काठमाण्डाै – बूढीगण्डकी नदीमा हिजो आएको बाढीका कारण उत्तरी गोरखाका झन्डै पाँच हजार घरधुरी विद्युत् सेवाबाट वञ्चित भएका छन् ।

बाढीले सिर्दिबास–उहिया लघुजलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि चुमनुब्री गाउँपालिकाका विभिन्न १६ वटा गाउँका ९७१ घरधुरी अन्धकार बनेका हुन् । बाढीले विद्युत‍्का पोल, टावर र तारहरू बगाएको छ ।

त्यसैगरी विद्युत् प्राधिकरणको आरुघाटमा रहेकाे वितरण केन्द्रमा बाढीले क्षति पुर्‍याउँदा धार्चे गाउँपालिकाका सात वटै वडाका झन्डै चार हजार घरधुरी र आरुघाट गाउँपालिकाका ५० घरधुरीमा समेत बिजुली ठप्प भएको छ ।

विद्युत्, इन्टरनेट र सडक सम्पर्क टुटेका कारण गाउँपालिकाका प्रशासनिक कामकाज ठप्प हुनुका साथै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ ।

बाढीले बाटो र पुलहरू समेत बगाएकाले एक गाउँबाट अर्को गाउँ पुग्न सक्ने अवस्था समेत नरहेको स्थानीयवासीले बताएका छन् ।

प्रकाशित मिति:
थप समाज