नेभिगेशन
मंगलबार, असोज २७, २०८३

धादिङको गलौँदी सडकखण्डमा दुईतर्फी नै गाडी सञ्चालन

काठमाण्डौ – पृथ्वी राजमार्गको धादिङको गजुरी गाउँपालिका–५ मा रहेको गलौँदी सडकखण्डमा दुईतर्फी नै गाडी सञ्चालनमा आएको छ ।

आज बिहान साढे ६ बजेदेखि गलौँदी सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।

त्रिशूली नदीको कटानका कारण भासिएको सडकमा थप मर्मत गर्नुपर्ने भएकाले गएराति गाडीको आवतजावत रोकेर काम गरिएको थियो । सडक मर्मतका लागि गएराति ११ बजेदेखि बन्द गरी काम गरिएको र सडकमा थुप्रिएको माटो आज बिहानसम्म हटाएपछि गलौँदी खण्डको सडक पूर्णरुपमा खुलेको हो ।

अहिले दशैँको समय भएकाले पृथ्वी राजमार्गमा गाडीको अत्यधिक चाप छ । गलौंदीमा सडक भासिएपछि गएको शुक्रबार बेलुकीदेखि बन्द भएकोमा भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गरिएको हो ।

त्रिशूली नदीको कटानका कारण सडक भासिएको थियो । 

प्रकाशित मिति:
थप समाज