नेभिगेशन
मंगलबार, असोज २७, २०८३

सुनचाँदीको भाउ आज पनि घट्यो

काठमाण्डौ – आज पनि सुनचाँदीको भाउ घटेको छ ।

सुन आज तोलामा २ हजार २०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन तोलामा २ हजार १०० रुपैयाँले घटेर तोलाको २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा २५ रुपैयाँले घटेको चाँदी आज ६० रुपैयाँले घटेको हो ।

आज चाँदी तोलाको ४ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ४१५ रुपैयाँ रहेको थियो । 

प्रकाशित मिति:
थप अर्थ