नेभिगेशन
मंगलबार, असोज २७, २०८३

लिग–२ शृङ्खला : नेपालले दियाे ओमानलाई २६४ रनकाे लक्ष्य

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाअन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले घरेलु टोली ओमानलाई २६४ रनको लक्ष्य दिएको छ ।

अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनायो ।

नेपालका रोहित पौडेलले ६१, करण केसीले १६ बलमा ४० रन बनाए । यस्तै अर्जुन कुमालले ४० तथा ईशान पाण्डे र बसिर अहमदले समान ३७ रन जोडे । ओमानका शाह फैसल, शकील अहमद तथा करण सोनावालेले समान २/२ विकेट लिए ।

यो शृङ्खलाको पहिलो खेलमा नेपालले अस्ति आइतवार भएको खेलमा क्यानडालाई २४ रनले हराएको थियो ।

लिग–२ मा शीर्ष–४ बाट बाहिरिइसकेको नेपालका लागि एकदिवसीय मान्यता जोगाउन शीर्ष–६ भित्र पर्नुपर्नेछ ।

अहिले अङ्कतालिकामा नेपाल ३३ खेलबाट २६ अङ्कसहित छैटौँ स्थानमा छ । यस्तै ओमान २९ खेलबाट ३३ अङ्कसहित चौथो र क्यानडा ३४ खेलबाट २५ अङ्कसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति:
थप खेलकुद