नेभिगेशन
मंगलबार, असोज २७, २०८३

लगातार ४ काराेबार दिन बढेकाे शेयर बजार २ हजार ५९९ विन्दुमा

शेयर बजार लगातार चार कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.१२ अङ्कले बढेर २ हजार ५९९.९३ विन्दुमा पुगेको छ ।

आज बैंक, विकास बैंक, लगानी र बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १०४ वटा कम्पनीको शेयर बढेकोमा १६७ वटाको घटेको छ । ७ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज सगरमाथा जलविद्युत्को शेयर १२.४४ प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन स्नो रिभर्सको शेयर १५ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ३५१ वटा कम्पनीको १ करोड ३५ लाख कित्ता शेयर ४ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति:
थप अर्थ