नेभिगेशन
मंगलबार, असोज २७, २०८३

यात्रुलाई बासी खाना खुवाएर बिरामी परेमा होटल सञ्चालकसँगै चालकलाई पनि कारबाही

काठमाण्डाै – यात्रुलाई बासी, सडेगलेको र अस्वच्छ खाना खुवाउने तथा चर्को मूल्य असुल्ने हाेटल तथा रेस्टुरेन्ट व्यवसायीमाथि कडा कारबाही गर्ने सरकारले चेतावनी दिएको छ ।

यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै यात्रुलाई अखाद्य खाना खुवाएर बिरामी परेमा सम्बन्धित होटल तथा रेस्टुरेन्ट सञ्चालकसँगै गाडी चालकलाई समेत प्रचलित कानूनअनुसार कारबाही गर्ने जनाएको छ ।

विभागका अनुसार यात्रुवाहक गाडी रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका खाना बिक्री गर्ने र तोकिएभन्दा धेरै मूल्य असुल्ने गरेको गुनासो बढेपछि यस्तो कदम चालिएको हो ।

यात्रुले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाडी रोक्न गाडीका चालकलाई विभागले निर्देशन दिएको छ ।

सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छताको स्टिकर प्राप्त गरेका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिनसमेत भनिएको छ ।

0-1791889387.jpg

प्रकाशित मिति:
थप समाज