नेभिगेशन
बिहीबार, असोज २९, २०८३

आज बडा दशैँको पाँचौँ दिन, स्कन्दमाता भगवतीको पूजा गरेर मनाईंदै

काठमाण्डाै – बडा दशैँको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा गरेर मनाईंदै छ ।

दुर्गा भवानीको ९ रुपमध्ये पाँचौ रुप स्कन्दमाता भगवतीको पूजा गर्ने चलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजा गर्ने परम्परा छ ।

त्यस्तै, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ ।

आज देशभरका विभिन्न शक्तिपीठहरुमा पूजाका लागि भक्तजनहरुको घुईंचो लाग्ने गरेको छ ।

काठमाण्डौ उपत्यकाका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ ।

उपत्यकाबाहिर सुनसरीको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र पोखराको विन्ध्यवासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लाग्ने गर्दछ । 

प्रकाशित मिति:
थप समाज