नेभिगेशन
बिहीबार, असोज २९, २०८३

पाकिस्तानमा विद्यालयकाे छाना खस्दा ३४ जनाकाे ज्यान गयाे

पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा निजी विद्यालयको छाना खस्दा ३४ जनाको ज्यान गएको छ । आज बिहान ‘अल–खैर’ विद्यालयको छत खस्दा ३३ बालबालिका र एक शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ ।

पेशावरमा रहेको लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार कम्तीमा अरू १९ जना घाइते भएका छन् जसमध्ये केहीको अवस्था गम्भीर छ ।

अस्पतालका अधिकारीहरूका अनुसार ज्यान गुमाउने धेरैजसाे बालबालिका १३ वर्षभन्दा कम उमेरका छन् ।

पेशावर प्रहरीले विद्यालयका सञ्चालकलाई पक्राउ गरेको छ । यो विद्यालयका ‘शैक्षिक गुठी’ का रूपमा सञ्चालित हुँदै आएको थियो । 

प्रारम्भिक अनुसन्धानमा विद्यालयको भवनको संरचना कमजोर भएको देखिएको छ ।

खैबर पख्तुनख्वा प्रान्तका गभर्नर फसल करिम कुन्डीले शिक्षा सल्लाहकारलाई यस घटनाको विस्तृत प्रतिवेदन पेश गर्न र घाइते बालबालिकाले सम्भव भएसम्म राम्रो उपचार पाउने कुरा सुनिश्चित गर्न अधिकारीहरूलाई निर्देशन दिनुभएको खबरमा उल्लेख छ ।

यसैबीच पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले यो घटनाले देश नै स्तब्ध भएको बताउनुभएको छ ।

प्रकाशित मिति:
थप विश्व