नेभिगेशन
बिहीबार, असोज २९, २०८३

मलेशिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालकसहित ४ जना पक्राउ

काठमाण्डाै – नेपाल स्वास्थ्य व्यवसायी महासङ्घका अध्यक्ष कैलाश खड्कासहित चार जना व्यवसायीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।

सीआईबीले खड्कासहित रविन्द्र केसी, प्रविण तिवारी र रामपुकार तिवारीलाई काठमाण्डौ र ललितपुरबाट पक्राउ गरेको हो ।

मलेशिया रोजगारीमा जाने कामदारसँग धेरै पैसा लिएर ‘सिन्डिकेट’ चलाएको आरोपमा सीआईबीले उनीहरूमाथि अनुसन्धान गरिरहेको थियो ।

पक्राउ परेकाहरूमाथि ठगी तथा सङ्गठित अपराध कसुरमा थप छानबिन र अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज