नेभिगेशन
बिहीबार, असोज २९, २०८३

भाेटेकाेशी बाढी : रेडक्रसले २ हजार घर बनाउने

काठमाण्डाै – नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने भएको छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीका अनुसार आवास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको भवन विभागसँग सम्झौता भएको छ । सम्झौताअनुसार घर गुमाएका झन्डै पाँच हजार जनालाई भाडा सहायता उपलब्ध गराउने सहमति पनि भएको छ ।

अध्यक्ष भण्डारीले दशैँलगत्तै कार्ययोजना तयार गरिने र सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास तथा स्थायी घर निर्माण प्रक्रिया अघि बढाइने बताउनुभयाे ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप समाज