नेभिगेशन
शुक्रबार, असोज ३०, २०८३

दशैँको चार दिन घरमै फोहोर व्यवस्थापन गर्न काठमाण्डौ महानगरको आग्रह

काठमाण्डौ – पर्सि कात्तिक १ गतेदेखि ४ गतेसम्म काठमाण्डौ उपत्यकाको फोहोर नउठ्ने भएको छ ।

दशैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि दशैँ मनाउन जाने हुँदा महानगरको तर्फबाट फोहोर व्यवस्थापन नहुने काठमाण्डौ महानगरले जनाएको छ ।

यस अवधिमा फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न महानगरको वातावरण व्यवस्थापन विभागले आग्रह गरेको छ ।

आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्न महानगरको आग्रह छ ।  

Ktm-fohar-pic-1792125592.jpg
 

प्रकाशित मिति:
थप समाज