नेभिगेशन
शुक्रबार, असोज ३०, २०८३

मुख्य चाडपर्वका बेला वालेटमा रकम जम्मा गर्ने सीमा ५ गुणाले बढ्यो

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले मुख्य चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ ।

केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै दशैँ, तिहार र छठका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो ।

अब एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिनेछ । यो सुविधा भोलि शनिवारदेखि कात्तिक ८ गतेसम्म र कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म लिन सकिन्छ ।

यसअघि एक दिनमा वालेटमा १० पटकसम्म रकम जम्मा गर्न सकिने सुविधा रहेको थियो ।

राष्ट्र बैंकले चाडपर्वका बेला नगद भन्दा डिजिटल कारोबारलाई जोड दिएको छ । सबै भुक्तानी सेवा प्रदायक संस्थालाई नयाँ व्यवस्थाबारे जानकारी गराएको राष्ट्र बैंकले जनाएको छ ।

तोकिएको अवधिमा भएका कुल कारोबार सङ्ख्या र रकमको विवरण राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई बुझाउनसमेत निर्देशन दिइएको छ ।

प्रकाशित मिति:
थप अर्थ