नेभिगेशन
शनिबार, असोज ३१, २०८३

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी, एउटा विधेयक प्रमाणीकरण

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले दुई वटा अध्यादेश जारी गर्नुभएकाे छ । सरकारकाे सिफारिशमा राष्ट्रपतिले आज अध्यादेश जारी गर्नुभएकाे हाे ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेका अनुसार नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश २०८३ जारी भएकाे हाे ।

राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छन् ।

यसैबीच राष्ट्रपति पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएकाे छ ।

सङ्घीय संसद‍्बाट पारित भएर आएको यो विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति:
थप राजनीति