नेभिगेशन
शनिबार, असोज ३१, २०८३

पर्साको वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

काठमाण्डौ –  पर्साको वीरगञ्ज क्षेत्रमा मुख्य सडक विस्तार कार्य हुने भएको छ ।

मकवानपुरको हेटौँडामा रहेको सडक डिभिजन कार्यालयले वीरगञ्जको मुख्य सडक विस्तार गर्ने भएको हो । पहिलो चरणमा त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मितेरी पुलबाट गण्डक चोकसम्मको ८ किलोमिटर सडक विस्तारका गर्न कार्यालयले बोलपत्र आह्वान गरेको छ ।

मितेरी पुलबाट घण्टाघरसम्म र त्यहाँबाट गण्डक चोकसम्मको बाटो स्तरोन्नतिका लागि बोलपत्र आह्वान भएको हो । सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर दुर्गा प्रसादकाअनुसार इदगाह चोकबाट पावर हाउससम्म चार लेन सडक बनाइनेछ ।

सडकको दुवै किनारमा साइकल लेन र फुटपाथ पनि निर्माण हुनेछ ।   

प्रकाशित मिति:
थप समाज