नेभिगेशन
शनिबार, असोज ३१, २०८३

दशैँमा घर जानेहरुको चहलपहल (फोटोफिचर)

काठमाण्डौ – दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट यात्रुहरु बाहिरिनेक्रम बढेको छ ।

आज फूलपातीदेखि सरकारी कार्यालय, विद्यालयसँगै अरु विभिन्न निकायमा पनि बिदा भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्नहरु आ–आफ्नो घर फर्कने क्रम थप बढेको छ । यसपाली ९ दिन लामो बिदा छ ।

८ गते आइतबार समेत बिदा हुने भएकाले सरकारी कार्यालय अब पुर्णिमाको दिन कात्तिक ९ गतेदेखि मात्रै खुल्नेछन् । दशैँका लागि यस वर्ष झण्डै १० लाख यात्रु बाहिरिने अनुमान छ ।

काठमाण्डौका नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायतका क्षेत्रमा घर जाने यात्रुको चहलपहल बढेको छ । बालबालिका र झिटीगुन्टासहित घर जान लागेकाहरुलाई दशैँको उल्लास देखिन्छ ।

कोही सार्वजनिक गाडीको टिकट काटेर तथा कतिपय गाडी रिजर्भ गरेर गन्तव्यतर्फ लागेका छन् ।


DAishin-10-1792218841.jpg
Daishin-3-1792218812.jpg
Daishin-14-1792218813.jpg
DAishin-2-1792218812.jpg
Daishin-16-1792218813.jpg
Daishin-5-1792218812.jpg
Daishin-8-1792218841.jpg
Daishin-9-1792218841.jpg
DAAA-1792219304.jpg
तस्वीरहरुः न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप समाज