नेभिगेशन
शनिबार, असोज ३१, २०८३

निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक

काठमाण्डौ – निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ ।

अद्यावधिक विवरणअनुसार गएको  प्रतिनिधिसभा चुनावपछि एक लाख ८७ हजार ६८६ जना नयाँ मतदाता थपिएका छन् । प्रतिनिधिसभा चुनावमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मतदान गर्ने अधिकार पाएका थिए ।

गएको चैत २२ गतेदेखि भदौ १५ गतेसम्मको विवरणका आधारमा मतदाता नामावली अद्यावधिक गरेको हो । अद्यावधिक गरिएको नामावलीअनुसार हाल पुरुष मतदाताको सङ्ख्या ९७ लाख ६९ हजार ८२५ पुगेको छ ।

त्यस्तै, महिला मतदाताको सङ्ख्या ९३ लाख २१ हजार ३३६ र अन्य समूहका मतदाताको सङ्ख्या २१४ रहेको आयोगले जनाएको छ ।

यसैबीच, आयोगले विभिन्न कारणले एक लाख ५८ हजार २६४ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ । आयोगका अनुसार मृत्यु भएका ४५ हजार ३२२ जनाका साथै दोहोरो नाम परेका, नागरिकता त्यागेका वा रद्द भएका लगायतका व्यक्तिको नाम हटाइएको हो ।

आयोगले हिजाे विज्ञप्ती निकाल्दै मतदाता नामावली अद्यावधिक गरेको जनाएको छ । 

प्रकाशित मिति:
थप राजनीति