नेभिगेशन
शनिबार, असोज ३१, २०८३

विश्वकप क्रिकेट लिग–२ मा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दियो

काठमाण्डौ – विश्वकप क्रिकेट लिग–२ मा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको हो । क्यानडाका लागि सम्रालले ११७ बलमा १०५ रन बनाए ।

आरोज जोनसनले ३६, हर्ष थाकरले ३४ र हम्जा तारिकले ३० रनको योगदान दिए । नेपालका लागि ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३९ रन खर्चिएर ४ विकेट लिए ।

सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ र रोहित पौडेलले १ विकेट लिए । शृङ्खलामा नेपालले यसअघि क्यानडा र ओमान दुवैलाई पराजित गरिसकेको छ ।

प्रकाशित मिति:
थप खेलकुद