नेभिगेशन
आइतबार, कात्तिक १, २०८३

मुस्ताङको भीरदेखि काठमाण्डौ भित्रिएका खसी, बोका र च्याङ्ग्रा (फोटो फिचर)

काठमाण्डौ - दशैँका लागि काठमाण्डौ उपत्यकाको बल्खु, कलङ्की, कोटेश्वर, सल्लाघारीलगायतका खुला चउर अनि सडक गल्लीमा खसी, बोका र हिमाली च्याङ्ग्राको कारोबार भइरहेको छ ।

पर्याप्त खुला मैदान नहुँदा गल्ली र चोकहरू नै यति बेला खसी, बोका र च्याङ्ग्रा कारोबार गर्ने बजार जस्तै बनेका छन् । भीडमा खरिदकर्ता र व्यापारीलाई मोलमोलाइ गर्न भ्याइनभ्याइ छ । मुस्ताङको लोमान्थाङ र तिब्बत सिमानाबाट हिँडेर जोमसोम, म्याग्दी, पोखरा हुँदै च्याङ्ग्रा काठमाण्डौ भित्रिएका छन् ।

यसैगरी विभिन्न ठाउँबाट खसी बोका ल्याइएको छ । दशैँमा अस्वस्थ वा रोगी चौपाया बिक्री नहोस् भनेर पशु सेवा विभाग र काठमाण्डौ महानगरपालिकाले विशेष पशु स्वास्थ्य टोली खटाउने गर्छन् । ज्वरो, पिपिआर रोग, खोकी वा ढुवानीका बेला चोटपटक लागेकालाई छुट्टै क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

डाक्टरले ज्वरो नभएको, सङ्क्रामक रोग नभएको ठहर गरेपछि सिङमा हरियो पोतिन्छ । उपभोक्ताले सिङको हरियो रङ हेरेर ढुक्क भई मासु किन्न सक्छन् । सिङमा रातो रङ भए बिरामी मानिन्छ र बेच्न पाइँदैन । काठमाण्डौ उपत्यकामा दशैँको १० दिनमा ५० देखि ६० हजार खसी बोका खपत हुने अनुमान छ ।

दशैँमा कारोबार हुने खसी बोका, राँगा, भेडा च्याङ्ग्रा ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिन्छ ।

1792223730-6ENX8-1792300588.jpg

1792223730-ZV8fG-1792300588.jpg

1792223722-CJ7HD-1792300587.jpg

1792223725-sWAN3-1792300587.jpg

1792223724-TKChm-1792300587.jpg

1792223724-S4ayw-1792300587.jpg

1792223723-BJ0LD-1792300587.jpg

1792223726-1z0jF-1792300587.jpg

प्रकाशित मिति:
थप समाज