नेभिगेशन
आइतबार, कात्तिक १, २०८३

दशैँमा खसीबजार : किसानले पाएका छैनन् मूल्य, उपभोक्ता प्रतिकिलो २ हजारमा किन्दै

काठमाण्डाै – यस वर्षको दशैँमा काठमाण्डाै उपत्यकामा खसीको मासु अघिल्लो वर्षको तुलनामा महँगो भएको छ ।

गएकाे वर्षको दशैंँमा खसीको मासु प्रतिकिलो १३ सयदेखि १४ सय रुपैयाँमा बिक्री भएकोमा अहिले बढेर १७ सयदेखि १८ सय ५० रुपैयाँसम्म पुगेको छ ।

सबैभन्दा धेरै मासु खपत हुने पर्व दशैँमा बजारमा खसीको मूल्य बढे पनि किसानले भने सोचेअनुसारको मूल्य पाउन नसकेको गुनासो गरेका छन् ।

खसी व्यापारीहरूले आपूर्ति घट्नु, ढुवानी तथा दानाको लागत बढ्नु र बाढी पहिरोपछि ग्रामीण क्षेत्रबाट खसी–बोका ल्याउन कठिन हुनुलाई मूल्यवृद्धिको कारण मानेका छन् ।

काभ्रेका किसान बैनसिंह मोक्तानले खसी बिक्री गर्न समस्या नभए पनि सोचेअनुसार मूल्य पाउन सकेका नसकेको गुनासो गर्नुभयो । २५० वटा खसी ल्याएका व्यापारी मुक्तानले २१० वटा बिक्री गरिसक्नुभएकाे छ । खसीको ताैल हेरेर प्रतिकिलाे ७०० देखि ९०० रुपैयाँमा बिक्री गरिरहेको उहाँकाे भनाइ छ ।

किसानले उचित मूल्य नपाएको गुनासो गरिरहेका बेला उपभोक्ताले भने मासु पललबाट १७ सयदेखि १८ सय ५० रुपैयाँ प्रतिकिलो रुपैयाँमा किन्नुपरेको छ ।

मासु उपभोक्ता अमृत तिवारीले जिउँदो खसीको मासु प्रतिकिलो ९०० देखि १ हजार र तयारी मासु १८ सयदेखि २ हजार रुपैयाँमा किनिरहेको बताउनुभयो ।

दशैँका दुई हप्तामा काठमाण्डाै उपत्यकामा मात्रै ३ अर्ब रुपैयाँभन्दा धेरै बराबरकाजिउँदा खसी–बोका बिक्री हुने व्यापारीहरूकाे अनुमान छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप अर्थ