नेभिगेशन
आइतबार, कात्तिक १, २०८३

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

काठमाण्डाै – सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा पालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा हिजाे शनिवार दिउँसाेदेखि शुरू भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबीसे–बाबियाचौरको सडक प्रयोग गरी गाडी सञ्चालन गरेको हो ।

मङ्गला गाउँपालिका–३ का वडा सदस्य हरि गिरीले वर्षायाममा अवरुद्ध बनेको बरञ्जा–सातबीसे–बाबियाचौर सडक सडक मर्मत गरी आज आइतवार दिउँसोदेखि मिनिबस, जीप, मोटरसाइकल, स्कुटर, ट्याक्सी र ट्र्याक्टर चलाउन मिल्ने बनाइएको जानकारी दिनुभयो ।

बेनी–दरबाङ सडकलाई म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने ‘लाइफलाइन’ मानिन्छ ।

यसैबीच फापरखेतमा पहिरो निरन्तर झरेकाले पन्छाउने काम शुरू गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बताउनुभयो ।

प्रकाशित मिति:
थप समाज