नेभिगेशन
सोमबार, कात्तिक २, २०८३

राष्ट्रपति पौडेलद्वारा शक्तिपीठहरूको दर्शन

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले काठमाण्डाैका शक्तिपीठहरूको दर्शन गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज काठमाण्डाैकाे नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रयणी गरी नौ वटा शक्तिपीठको दर्शन गरी पूजाआराधना गर्नुभयाे । उहाँले त्यस अवसरमा शक्तिपीठका पुजारीबाट टीका एवम् प्रसाद ग्रहण गर्नुभएकाे छ ।

दशैँका अवसरमा राष्ट्रप्रमुखले काठमाण्डाै उपत्यकामा शक्तिपीठहरूको दर्शन गर्ने परम्परा रहिआएको छ ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप समाज