नेभिगेशन
मंगलबार, कात्तिक ३, २०८३

बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति

काठमाण्डौ – चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा झण्डै एक अर्ब बराबरको भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

गएको असोज ८ देखि ११ गतेसम्मको झरिपछि पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतविक्षत भएको यो सडक पुनर्निर्माणका लागि  तीनदेखि चार अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।

कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाएको तथा ५० ठाउँमा पहिरोले क्षति पुऱ्याएको प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको छ । बेनी–जोमसोम–कोरला सडकलाई प्रारम्भिक मर्मत गरेर दुई हप्तामै सञ्चालनमा ल्याए पनि पुुरानै अवस्थामा ल्याउन थप तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हँुदै मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडकमध्ये सबैभन्दा बढी म्याग्दी खण्डको ३३ किलोमिटर दूरीमा क्षति पुगेको छ । कोरला नाका, पर्यटकीय र आन्तरिक यातायातका हिसाबले बेनी–जोमसोम–कोरला सडकलाई महत्वपूर्ण मानिएको छ । 

प्रकाशित मिति:
थप समाज