नेभिगेशन
मंगलबार, कात्तिक ३, २०८३

सँखुवासभाको खाँदबारी–किमाथाङ्का सडक सञ्चालनमा

काठमाण्डौ – सँखुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्ड सञ्चालनमा आएको छ । नेपाल–चीन जोड्ने योे सडकखण्ड बिगत तीन महिनादेखि अवरुद्ध थियो ।

गएको साउनमा भोटखोला गाउँपालिका–२ को  छुम्सुरमा ठूला–ठूला चट्टानसहितको पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड  पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

किमाथाङ्काबाट झण्डै २१ किलोमिटर र खाँदबारीबाट १४१ किलोमिटर दूरीमा रहेको छुम्सुरमा खसेको पहिरो हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई जिम्मा दिएको हो ।

सेनाले आवश्यक काम गरेपछि खाँदबारी–किमाथाङ्का सडकखण्ड खुलेको हो ।
 

प्रकाशित मिति:
थप समाज