नेभिगेशन
बुधबार, कात्तिक ४, २०८३

दशैँको टीकाको दिन आज मौसम घमाइलो : एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ – दशैँको टिकाको दिन आज देशका धेरै ठाउँमा मौसम सफा छ । आज तराईमा बिहानपख केही ठाउँमा हुस्सु /कुहिरो लागेपनि बिस्तारै हट्ने र दिनभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, हिमाली तथा पहाडी क्षेत्रका केही ठाउँमा भने बादल लाग्ने, हल्का वर्षा हुने र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । दशैँको टीकाका दिन आज हिमाली भाग, कोशी र गण्डकी प्रदेशका पहाडी एक÷दुई ठाउँमा हल्का वर्षा र  हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज