नेभिगेशन
बिहीबार, कात्तिक ५, २०८३

राष्ट्रपति पौडेलद्वारा बडादशैँको टीका ग्रहण

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको बडादशैँको टीका, प्रसाद र जमरा ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले यस वर्षको दशैँको शुभ साइत बिहान १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको हो ।

आफूले टीका ग्रहण गरेपछि उहाँले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिनुभएको छ ।

राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति पौडेलले परम्परालाई निरन्तरता दिँदै देश, विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकको सुख, समृद्धि, शान्ति र सुस्वास्थ्यको कामना समेत गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज