नेभिगेशन
बिहीबार, कात्तिक ५, २०८३

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको ज्यान गयो

काठमाण्डौ – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

भूमिकास्थान नगरपालिका–२ भूमेकाथानमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भूमिकास्थान–८ का ६२ वर्षीय देवीराम आचार्य र उहाँका २३ वर्षीय छोरा विवेक आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी दिवस जिसीले जानकारी दिनुभयो ।

हिजो दशैँको टीका लगाउन ढाकाबाङ ससुरालीतर्फ गएका बाबुछोराको दुर्घटनामा ज्यान गएको हो ।

रातिसम्म पनि सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा आज बिहान सडकबाट तल जंगलमा मोटरसाइकल दुर्घटना भएको र ज्यान गएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज