नेभिगेशन
बिहीबार, कात्तिक ५, २०८३

अमेरिकाद्वारा इरानमाथि नयाँ आक्रमणको योजना : प्रतिकार गर्ने इरानको चेतावनी

अमेरिकाले मध्यावधि चुनावपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी गरिरहेका बेला इरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

‘द न्युयोर्क टाइम्स’ का अनुसार अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधार, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाहीको योजना बनाएका छन् ।

इरानी रिभोलुसनरी गार्ड कप्र्सका प्रवक्ता हुसेन मोहेबीले जवाफ दिने चेतावनी दिनुभएको छ । अमेरिकाले आउँदो नोभेम्बरको शुरुसम्ममा तीन विमानवाहक युद्धपोत, हजारौँ नौसैनिक, लडाकू विमान र विशेष सैन्य बलसहित ठूलो सैन्य शक्ति तयारी अवस्थामा राख्ने योजना बनाएको छ।

यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले दबाब र युद्धका बाबजुद आफ्नो देश दृढ रहने बताउनुभएको छ । इरानले सम्भावित नयाँ युद्धको असर ऊर्जा पूर्वाधार र व्यावसायिक ढुवानीमा मात्र सीमित नहुने चेतावनी दिएको छ ।

इरानी अधिकारीहरूका अनुसार, द्वन्द्व डाटा केन्द्र र समुद्रमुनिका इन्टरनेट केबलसम्म फैलिन सक्छ । सम्भावित आक्रमणले मध्यपूर्वमा थप युद्ध निम्त्याउन सक्ने चिन्ता पनि बढेको छ ।    

प्रकाशित मिति:
थप विश्व