नेभिगेशन
शुक्रबार, कात्तिक ६, २०८३
एनडीटीभी वर्ल्ड समिट २०२६

भारत विराेधी राष्ट्रवादकाे युग सकियाे : अर्थमन्त्री वाग्ले

काठमाण्डाै – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा भारत विरोधी राष्ट्रवादको युग सकिएको बताउनुभएको छ ।

भारतको नयाँ दिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालको नयाँ नेतृत्व पहिलेको भन्दा फरक रहेको र वालेन्द्र शाहको प्रशासनले भारतसँग अझ राम्रो सम्बन्ध निर्माण गर्न चाहेको बताउनुभयो ।

उहाँले भारत र नेपालबीचको सम्बन्धमा कहिलेकाहीँ कठिनाइहरू आउने भए पनि यी दुई देश एकअर्कासँग निकै बलियो रूपमा जोडिएका उल्लेख गर्नुभयो ।

‘भारत र नेपालबीचको सम्बन्ध निकै गहिरो छ । यी दुई देशहरू भौगोलिक रूपमा मात्र नभई गहिरो सांस्कृतिक सम्बन्धका माध्यमबाट पनि जोडिएका छन्’, उहाँले भन्नुभयाे ।

यसैबीच अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाहले सन् २०२६ काे अन्त्यसम्ममा भारतको भ्रमण गर्न सक्ने बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । साथै भारतको विकासबाट नेपालले पनि लाभ प्राप्त गर्ने उहाँको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले सङ्कटको समयमा नेपाललाई सहयोग गरेकोमा भारतको प्रशंसा पनि गर्नुभयो । उहाँले भूकम्पदेखि पछिल्ला बाढीसम्म भारत सधैँ नेपाललाई मद्दत गर्न अघि बढेको कुरा उल्लेख गर्नुभयो ।

प्रकाशित मिति:
थप राजनीति