नेभिगेशन
शनिबार, कात्तिक ७, २०८३

म्याग्दीको फापरखेतमा फेरि पहिरो खसेपछि बेनी–दरवाङ सडक अवरुद्ध

काठमाण्डौ - म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा पालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि हिजो बिहान खुलेकोमा फापरखेतमा पहिरो खसेपछि बन्द भएको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेकाअनुसार पहिरो खसेपछि बेनी–दरवाङ सडक खण्डमा सीधा यातायात सेवा अवरुद्ध छ । पहिरो अनि रातको समयमा जोखिम धेरै हुने भएकाले गाडी चलाउन रोक लगाएकोमा आज बिहान पहिरो पन्छाएर सडक खुलाउने काम गरिने प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभएको छ ।

फापरखेत बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्छ । फापरखेतमा गएको असोज ३१ गतेदेखि सुख्खा पहिरो खस्न थालेपछि सडक बन्द भएकोमा हिजो एकैछिन यातायात सञ्चालन भएको थियो । कूल २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडक खण्डलाई म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ ।

लगातारको पहिरोका कारण सडक बन्द हुँदा दशैँ मनाउन आउने जाने तथा अन्य यात्रुलाई समस्या भएको छ ।   

प्रकाशित मिति:
थप समाज