नेभिगेशन
शनिबार, कात्तिक ७, २०८३

मनाङको गङ्गापूर्ण हिमालमा सम्पर्कविहीन जापानी दुई पर्वतारोहीको शव भेटियो

काठमाण्डौ - मनाङको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी दुई पर्वतारोहीको शव भेटिएको छ । 

ङिस्याङ गाउँपालिका–६ मा रहेको ७ हजार ४५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव हिजो भेटिएको हो । प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार कस्मो एडभेन्चर कम्पनी काठमाण्डौमार्फत नेपाली पथप्रदर्शकसहित हिमाल आरोहणमा गएका उहाँहरू गएको असोज २९ गतेदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो । 

खोजीका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिएको थियो । लगातारको खोजीपछि हिजो गङ्गापूर्ण हिमालको दक्षिणी भागमा झण्डै ६ हजार ३०० मिटर उचाइमा दुवैको शव फेला परेको हो । 

शव काठमाण्डौ पठाउने तयारी भइरहेको र परीक्षणपछि नेपालस्थित जापानी राजदूतावासको समन्वयमा परिवारलाई जिम्मा लगाइने भएको छ ।
 

प्रकाशित मिति:
थप समाज