नेभिगेशन
आइतबार, कात्तिक ८, २०८३

नेपालकै पहिलो अपाङ्गतामैत्री आकाशेपुल (फोटो फिचर)

काठमाण्डौ – ललितपुरको कुसुन्तीमा नेपालकै पहिलो अपाङ्गतामैत्री आकाशेपुल निर्माण भइरहेको छ । व्यस्त सडकमा पैदलयात्रीको सहजताका लागि ललितपुर महानगरपालिकाले पुल निर्माण गरिरहेको हो ।

निर्माणाधीन पुलमा लिफ्टको व्यवस्था गरिएको छ । यसले सिँढी चढ्न र ओर्लन कठिन हुने ज्येष्ठ नागरिक, बालबालिका तथा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई सडक पार गर्न सजिलो बनाउने छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा १९ जनाले ज्यान गुमाएपछि त्यही ठाउँमा आकाशेपुल निर्माण थालिएको हो । पुल सञ्चालनमा आएपछि व्यस्त सडकमा गाडीको बीचबाट जोखिम मोलेर बाटो काट्नुपर्ने पैदलयात्रीको बाध्यता हट्ने महानगरले जनाएको छ ।

५ करोड २० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको काम आउँदाे दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको महानगरले जनाएकाे छ । 

Capture-1792923633.JPG

IMG_2953.JPG-1792923546.jpeg

IMG_2952.JPG-1792923546.jpeg

IMG_2955.JPG-1792923545.jpeg

IMG_2961.JPG-1792923544.jpeg

IMG_2954.JPG-(1)-1792923545.jpeg

IMG_2956.JPG-1792923544.jpeg

IMG_2959.JPG-1792923544.jpeg

तस्वीर : विवश कुलुङ

प्रकाशित मिति:
थप समाज