नेभिगेशन
आइतबार, कात्तिक ८, २०८३

नेपालका ३ वटै जलवायु परियाेजना स्वीकृत

काठमाण्डाै – जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि नेपालले प्रस्ताव गरेका तीन वटै परियोजना स्वीकृत भएका छन् ।

जलवायु अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले नेपालका तीन वटै बहुआयामिक परियोजना सर्वसम्मत रूपमा स्वीकृत गर्दै कुल ४ करोड ५० लाख डलर अर्थात् ६ अर्ब रुपैयाँभन्दा धेरै सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विश्वव्यापी रूपमा वित्तीय स्रोतको माग बढिरहेको अवस्थामा नेपालका तीन वटै परियोजना स्वीकृत हुनु ठूलो उपलब्धि भएको बताउनुभएको छ ।

स्वीकृत भएका परियोजनाहरूमा प्रकृतिमा आधारित संरक्षणका लागि झन्डै ९९ लाख डलरको ‘ग्रीन कोशी’ परियोजना रहेको छ जसको कार्यान्वयन राष्ट्रिय प्रकृति संरक्षण कोषले गर्नेछ ।

त्यस्तै बाढी तथा पहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्न इसिमोडको कार्यान्वयनमा रहने ३ करोड डलरको ’हिन्दुकुश हिमालय’ परियोजना र यूएन ह्याबिटाटको कार्यान्वयनमा लुम्बिनी प्रदेशका लागि झन्डै ५० लाख डलरको जलवायु उत्थानशील समुदाय निर्माण परियोजना स्वीकृत भएका हुन् ।

यी परियोजनाहरूले नेपालमा प्राकृतिक विपद्को जोखिम कम गर्न, पूर्वसूचना प्रणाली सुधार गर्न र पर्यावरण संरक्षणमा परेको आर्थिक भार व्यवस्थापन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा छ ।

प्रकाशित मिति:
थप अर्थ