नेभिगेशन
आइतबार, कात्तिक ८, २०८३

राष्ट्रपति पौडेलद्वारा नवदुर्गाको विशेष पूजा तथा प्रसाद ग्रहण

काठमाण्डाै – बडादशैँकाे अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आज आइतवार राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरी  प्रसाद ग्रहण गर्नुभएको छ । राष्ट्रप्रमुखका रूपमा नवदुर्गा मन्दिरमा दिउँसो पुग्नुभएका उहाँले नवदुर्गाको विशेष पूजा गरी फर्कनुभएको हो । 

राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सङ्कल्प पूजा गराउनुभएको थियो । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो ।

नवदुर्गाका मूल नाइके इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद स्वरूप प्रदान गर्नुभएको नवदुर्गा भवानीको जमरा एवम् टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो उहाँले ग्रहण गर्नुभएको थियो ।

राष्ट्रपति पाैडेलले नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई दक्षिणा प्रदान गर्नुभयो । राष्ट्रपति पौडेललेलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदबहादुर खड्कालगायत जिल्लाका सुरक्षा निकायका प्रमुख, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुखलगायतले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति:
थप समाज