नेभिगेशन
आइतबार, कात्तिक ८, २०८३

बेलडाँडीमा बाघ धपाउन हात्ती परिचालन

काठमाण्डाै – कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीले विगत चार/पाँच दिनदेखि यस क्षेत्रमा बाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो ।

निकुञ्जभित्र रहेको शुक्लाफाँटा पोस्टबाट दुई वटा हात्ती परिचालन गरेर बाघलाई बस्ती छेउबाट जङ्गलतर्फ धपाउने काम भइरहेको चौधरीको भनाइ छ ।

इमलिया क्षेत्रमा हात्तीका साथै बेलडाँडी पोस्टबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकाे सुरक्षाका लागि खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारी पनि खटिएका छन् ।

प्रकाशित मिति:
थप समाज