नेभिगेशन
मंगलबार, कात्तिक १०, २०८३

फुटबल प्रतियाेगिताका विजेतालाई अलैँची पुरस्कार

काठमाण्डाै – ताप्लेजुङमा फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ ।

मिक्वाखोला गाउँपालिकाले आउँदाे मङ्सिर २ देखि ६ गतेसम्म आयोजना गर्ने फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार दिन लागिएको हो ।

फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेलालाई सफल बनाउने उद्देश्यले आयोजना हुन गइरहेको प्रतियोगितामा अलैँचीलाई प्रवर्द्धन गर्न नगदको सट्टा अलैँची दिने व्यवस्था गरिएको हो ।

फङ्फङ्देन झरना पर्यटन विकास समितिको आयोजनामा हुने मेलामा पुरुष फुटबल, नृत्य, च्याब्रुङ प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ ।

सदरमुकाम फुङ्लिङमा आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष विजयप्रकाश साँवा लिम्बूले पुरुष फुटबल प्रतियोगिता रहनेछ । प्रतियोगितामा घरेलु टोलीसहित पाँचथर, झापा र सुनसरीलगायत जिल्लाका आठ टोली सहभागी हुनेछन् ।

फुटबल प्रतियोगिताको विजेता टोलीले ३ लाख २ हजार ८३ रुपैयाँ बराबरको अलैँची पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टोलीलाई १ लाख ५२ हजार ८३ रुपैयाँ बराबरको अलैँची पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

अलैँची ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेबाली हो ।

प्रकाशित मिति:
थप खेलकुद