नेभिगेशन
मंगलबार, कात्तिक १०, २०८३

शेयर बजार २ हजार ६३० विन्दुमा, ५ अर्ब ७९ कराेड रुपैयाँकाे काराेबार

काठमाण्डाै – हिजो घटेको शेयर बजार आज झिनो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से ०.९४ अङ्कले बढेर २ हजार ६३०.७६ विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १३५ वटा कम्पनीको शेयर बढेकोमा १३६ वटाको घटेका छ । ८ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज बेनी हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । नेप्से खासै घटबढ नभएको दिन युनिलिभर नेपालको शेयर झन्डै ५ प्रतिशतले घटेको छ ।

आज कारोबार रकम बढेको छ । हिजो ४ अर्ब २४ करोडको कारोबार भएकोमा आज ३६० वटा कम्पनीको १ करोड ५३ लाख कित्ता शेयर ५ अर्ब ७९ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित मिति:
थप अर्थ