नेभिगेशन
बुधबार, कात्तिक ११, २०८३

‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि आजै रातिदेखि देखिन सक्ने

काठमाण्डाै – बङ्गालको खाडी विकसित भएर भारतीय भूमिमा प्रवेश गरेको ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि आजै रातिदेखि पर्न सक्ने देखिएको छ ।

आँधीले समुद्रबाट भारतको भूमि हुँदै ल्याउने जलवाष्पले नेपालमा पनि वर्षा र हिमपातको सम्भावना उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रभाव आजदेखि देखिन थालेपछि भोलि रातिदेखि शनिवारसम्म जोखिम उच्च छ ।

महाशाखाका अनुसार कात्तिक १५ गते आइतवारसम्म देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित अत्यधिक वर्षा तथा हिमाली क्षेत्रमा अत्यधिक हिमपातको जोखिम रहेको छ ।

यसैबीच पर्यटन विभागले सूचना निकालेर शरद् ऋतुको हिमाल आरोहण तथा पदयात्रामा रहेका वा गन्तव्यमा पुगिसकेका पर्यटक, पर्वतारोही र सहयोगी कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । साथै सम्भावित जोखिमलाई मध्यनजर गर्दै कात्तिक १५ गतेसम्म उच्च हिमाली भूभागमा नजान र सुरक्षित ठाउँमा रहन विभागको अनुरोध छ ।

यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना निकालेर धानबाली भित्र्याउने काममा सावधानी अपनाउन र अत्यावश्यक बाहेक यात्रा नगर्न अपील गरेको छ ।

प्रकाशित मिति:
थप समाज