नेभिगेशन
बिहीबार, कात्तिक १२, २०८३

सरकारी अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी गर्ने २ जना पक्राउ

काठमाण्डाै – कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाण्डौ महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो । जालिम सिंह महतोको जाहेरीका आधारमा सीआईबीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान भएको भन्दै ठगी गरेका सीआईबीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
थप समाज