नेभिगेशन
सोमबार, कात्तिक १६, २०८३

पृथ्वी राजमार्गको मझिमटार खण्ड आज ३ घण्टा बन्द हुने

काठमाण्डौ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आज तीन घण्टा गाडी आवागमन बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर मझिमटारमा रहेको पृथ्वी राजमार्गमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न गाडीको आवागमन बन्द गर्न लागेको जानकारी गराएको हो ।

प्रशासनको सूचना अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार खण्ड बन्द हुने छ ।   

प्रकाशित मिति:
थप समाज